काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेजले आन्दोलनरत आवासीय चिकित्सकहरू अस्पतालमा उपस्थित नभए परीक्षा दिन अनुमति नदिने धम्की दिएको छ। कलेजले सार्वजनिक सूचना जारी गरी तीन बर्षेको सेवा अवधि नपुगेको आवासीय चिकित्सकहरूलाई परीक्षा दिन अनुमति नदिने जनाएको हो।
‘व्यवस्थापनपक्ष परीक्षा दिने तयारीमा रहेका रेसिडेन्टहरूको हकमा चिन्तित छ, किनभने ३ बर्षको पूर्ण सेवा अवधि नपुगेका रेसिडेन्टहरूलाई परीक्षा दिन अनुमति दिइने छैन। आफ्नो विभागमा कार्यक्षेत्रमा बिना जानकारी अनुपस्थित रहेका आवासीय चिकित्सकहरूको नाम व्यवस्थापनलाई पठाउन निर्देशक दिएको छ। अनुपस्थित रहेको नामावली अस्पताल निर्देशकमार्फत प्राचार्यज्यूलाई आवश्यक कारबाही लागि पठाउने छ।’
किष्ट, लुम्बिनी, चितवन मेडिकल कलेजका सञ्चालहरूले पनि आन्दोलनरत आवासीय चिकित्सकहरूलाई कारबाही गर्ने भन्दै धम्की दिएका छन्। निजी मेडिकल कलेजमा स्नाकोत्तरतह (एमडी,एमएस, डीएमएस )गर्ने चिकित्सकहरू सरकारी सरह आठौँ तह बराबरको निर्वाह भत्ता दिन माग राख्दै ६ दिनदेखि सेवा बहिष्कार गर्दै आएका छन्।
गर्दै आएको काम छाडेर आवासीय चिकित्सकहरू अस्पतालमा धर्ना दिएका छन्। देशभर १७ निजी मेडिकल कलेजमा २ हजारभन्दा बढी आवासीय चिकित्सक अध्ययन गर्छन्।
चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले गत माघ २५ गते आवासीय चिकित्सकहरूको निर्वाह भत्ता आठौँ तह बराबर ४८ हजार दिने निर्णय गरेको थियो। सरकारी मेडिकल कलेजमा आवासीय चिकित्सकले मासिक आठौँ तह बराबरको निर्वाह भत्ता पाउँछन्। निजी मेडिकल कलेजले १७ देखि २० हजार निर्वाह भत्ता दिँदै आएका छन्।
भत्तामा विभेद भएको भन्दै गत बर्षदेखि आवासीय चिकित्सहरूले आन्दोलन गर्दै आएका थिए। आन्दोलनरत आवासीय चिकित्सकसँग सरकारले गत माघमा सहमति गरेको थियो।
सहमति भएको दुई महिनासम्म पनि निर्णय भए बमोजिकको निर्वाह भत्ता नआएपछि आवासीय चिकित्सकहरू सेवा बहिष्कार गरेर आन्दोलन गर्न बाध्य भएको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संर्घष समितिका अध्यक्ष डा. शेषराज घिमिरेले बताएका छन्।
Shares

प्रतिक्रिया