समाज


रौतहटबाट गाँजा र हतियारसहित एकजना पक्राउ

रौतहटबाट गाँजा र हतियारसहित एकजना पक्राउ

नेपालखबर
चैत २६, २०८१ मंगलबार १९:२३, काठमाडौँ

रौतहटको गौर नगरपालिका४ स्थित झोलुङ्गे पुलबाट लागुऔषध गाँजा र हतियारसहित एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका ४ टिकुलिया बस्ने वर्ष २१ को सावन गिरी रहेका छन्।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटि गएको प्रहरी टोलीले झोलुङ्गे पुलको पश्चिमपट्टी रहेको केराबारीमा एम्बुसिङ गरी बसेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट ८एमएम केएफ लेखिएको गोली लोड रहेको कटुवा पेस्तोल थान १ (एक) १०९ किलोग्राम लागुऔषध गाँजा लगायतका बस्तु बरामद गरेको जनाएको छ। 

गिरीलाई लागुऔषध (गाँजा) तथा हातहतियार खरखजाना कसुर अन्तर्गत रौतहट जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भई रहेको र घट्नामा संलग्न अन्य मानिसहरुको पहिचान तथा खोजतलास गर्ने कार्य भई रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad