समाज


तीनकुने घटनामा थप दुई जना पक्राउ, ७५ जनामाथि अनुसन्धान गर्न म्याद थप

तीनकुने घटनामा थप दुई जना पक्राउ, ७५ जनामाथि अनुसन्धान गर्न म्याद थप

नेपालखबर
चैत २६, २०८१ मंगलबार २१:१३, काठमाडौँ

काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको घटनामा संलग्न रहेको आरोपमा थप २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भोजपुरका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकका ३० वर्षीय जीतबहादुर श्रेष्ठ रहेका छन्।

उनीहरुलाई पनि हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले २० दिनको म्याद दिएको छ। यसअघि २० जनालाई १५ दिन र ५३ जनालाई २० दिनको म्याद दिएको थियो।

तीनकुनेमा भएको हिंसात्मक घटनामा ७५ जनामाथि हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

अझै पनि केही फरार रहेकाले उनीहरुको खोजि भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई प्रहरीले राज्यविरुद्धको कसुर, आपराधि उपद्रव र संगठित अपराधको कसुरमा अनुसन्धान अगाडी बढाएको छ।

हिरासतमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा समेत छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad