समाज


तीनकुने आन्दोलनमा घाइते १२९ जनामध्ये ७० जनाको शल्यक्रिया, ५ जना अझै उपचाररत

तीनकुने आन्दोलनमा घाइते १२९ जनामध्ये ७० जनाको शल्यक्रिया, ५ जना अझै उपचाररत

नेपालखबर
चैत २७, २०८१ बुधबार २१:२१, काठमाडौँ

चैत १५ गते राजावादी प्रदर्शनका क्रममा घाइते भएकामध्ये ५ जना अझै उपचाररत छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय ट्रमा सेन्टरमा २ जना, निजामती कर्मचारी अस्पताल, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल र बि एण्ड बि अस्पतालमा १/१ जना गरी ५ जना हाल उपचाररत रहेका जनाएको छ।

मन्त्रालयका अनुसार सो आन्दोलनका क्रममा घाइते भई उपचारका लागि १२९ जना अस्पताल पुगेका थिए। ति मध्ये ५९ जनाको सामान्य उपचार, ५७ जनाको सामान्य शल्यक्रिया र १३ जनाको आकस्मिक शल्यक्रिया भएको थियो। 

आकस्मिक शल्यक्रिया भएका मध्ये ५ जना हाल उपचाररत छन् भने बाँकी सबै उपचार पश्चात डिस्चार्ज भइसकेका मन्त्रालयले जनाएको छ।

आजै, गृहमन्त्री रमेश लेखक, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी लगायतको टोलीले उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घाइतेहरूको निशुल्क उपचार गर्ने यसअघि नै घोषणा गरेको थियो।

घाइतेहरूको उपचार व्यवस्थापनमा लागेको सम्पूर्ण खर्च विवरण संलग्न राखी कागजात सहित मन्त्रालयमा सोधभर्नाका लागि पठान मन्त्रालयले आग्रह गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad