तीनकुनेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा मनोज सापकोटा पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार उनलाई पक्राउ गरेको हो।
पछिल्लो समय उनी राप्रपासँग खुलेर लागेका थिए। उनी वीर गोर्खाली युट्युब च्यानलका सञ्चालक समेत हुन्।
तीनकुनेमा दुई जनाको ज्यान जाने गरी भएको प्रदर्शनमा उनको समेत संलग्नता देखिएको प्रहरीले आरोप लगाएको छ। उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएको छ। यसअघि तीनकुनेको प्रदर्शनमा संलग्न रहेका ७५ जना हिरासतमा छन्।
उनीमाथि चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीको प्रदर्शनमा आएको भीडलाई उत्तेजित बनाएको आरोप छ। उक्त प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने केही घाइते भएका थिए। घाइते केहीको उपचार जारी छ।
उत्तेजित भीडले थुप्रै निजी तथा सरकारी संरचना तोडफोड र आगजनीसमेत गरेको थियो।
Shares

प्रतिक्रिया