समाज


दुर्गा प्रसाईंलाई हतकडी लगाएर लगियो विमानस्थल

दुर्गा प्रसाईंलाई हतकडी लगाएर लगियो विमानस्थल

नेपालखबर
चैत २९, २०८१ शुक्रबार १२:०, काठमाडौँ

भारत आसाममा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याउन झापाको भद्रपुरस्थित विमानस्थल लगिएको छ। उनलाई प्रहरीले हतकडी लगाएको छ। 

भारतमा पक्राउ परेका उनलाई आजै बिहान काँकडभिट्टा नाकाबाट नेपाल ल्याई हतकडीसहित भद्रपुरको विमानस्थल पुर्‍याइएको हो। 

हेर्नुहोस् भिडिओ:

उनीसँगै उनका अंगरक्षक दीपक खड्कालाई पनि नियन्त्रणमा लिइएको  केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले जानकारी दिए। 

उनीहरूलाई बुद्ध एअरको अहिले बिहान ११:४८ बजेको उडानमा काठमाडौँ ल्याइँदै गरिएको प्रहरीले जनाएको छ।  

राजसंस्था पुन:स्थापनाका लागि भन्दै नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शन गर्दा रिपोर्टिङ गरिरहेका पत्रकारसहित २ युवक मारिएका थिए भने तोडफोड, आगजनी र लुटपाटबाट करोडौँ मूल्यकाे क्षति भएको थियो। 

प्रसाईं त्यस समितिअन्तर्गतका जनकमान्डर हुन्। तर हिंसा चर्किएपछि उनी लगत्तै फरार भएका थिए। 

त्यही घटनामा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणासहित ७३ भन्दा बढी आरोपितलाई पक्राउ गरिसकेको छ। 

प्रसाईं भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पत्ता लगाएको थियो। फरार भएयता उनले दुईवटा भिडिओ सन्देश सामाजिक सञ्जालमा अपलोड गरेका थिए। तर त्यसमा उनले आफू नेपालमै रहेको दाबी गरेका थिए। 

प्रसाईं भागेलगत्तै नेपाल प्रहरीको विशेष ब्युरोको टोली पछ्याउँदै पुगेको थियो।

विशेष सूचनाका आधारमा ब्युरोको टोली भारतमा उनी रहेको स्थानको नजिक पुगिसकेको थियो। प्रहरी पुगेको सुइँको पाएपछि त्यहाँबाट पनि भागेर उनी सामाजिक सञ्जालसमेत नचलाएर उनी गुपचुप बसेका थिए।

तर बुधबार उनले सामाजिक सञ्जालमा अर्को भिडिओ राखेर आफू भागेको नभई असुरक्षित रहेका कारण जोगिएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad