नेसपा (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैज्ञानिक भूमिसुधार र कृषिको तीव्र आधुनिकीकरण विना समृद्धि सम्भव नभएको बताएका छन्।
‘मिनी पावर टिलर’ (खेतबारी जोत्ने आधुनिक मेसिन)ले जमिन जोत्दै गरेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै नेता भट्टराईले वैज्ञानिक भूमिसुधार र कृषिको तीव्र आधुनिकीकरण विना समृद्धि सम्भव नभएको बताएका हुन्।
नेपालमा अझै ६० प्रतिशत घर परिवार कृषिमा जोडिएको तथ्य प्रस्तुत गर्दै उनले १० लाख हेक्टर (४० प्रतिशत) खेतीयोग्य जमिन बाँझो बस्नु, पचासौँ लाख श्रमशक्ति विदेश पलायन हुनु, वर्सेनी चारलाख खर्ब रुपैयाँ बराबरको कृषि वस्तु आयात गर्नुपर्ने अवस्था विडम्बनापूर्ण भएको भट्टराईको भनाई छ।
‘वैज्ञानिक भूमिसुधार र कृषिको तीव्र आधुनिकीकरण विना समृद्धिको कुरा ‘सम्धीको गफ’ मात्र हुने व्यवहारबाट पुष्टि भैरहेछ। यसलाई बदल्न सबैले आआफ्नो ठाउँबाट प्रयास गरौँ,’ परम्परागत हलो/गोरुको सट्टा मिनी पावर टिलरले जमिन जोत्दै गरेको भिडिओ पोस्ट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले भनेका छन्।

हेर्नुहाेस् भिडिओ
Shares

प्रतिक्रिया