समाज


इटालीमा थामिएन कोरोनाबाट मृत्यु, मृतकको संख्या साढे ११ हजार पुग्यो

इटालीमा थामिएन कोरोनाबाट मृत्यु, मृतकको संख्या साढे ११ हजार पुग्यो

नेपालखबर
चैत १८, २०७६ मंगलबार ०:१६,

इटालीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले मृत्यु हुने क्रम अझै मत्थर हुन सकेको छैन। त्यहाँ सामेबार एकै दिन ८१२ जनाको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार योसमेत कोरोना भाइरसका कारण इटालीमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ। यो नेपाली समयअनुसार सोमबार राति १० बजेसम्मको हो।

यसैगरी त्यहाँ कोरोना भाइरसबाट अहिलेसम्म १ लाख १ हजार ७३९ जना संक्रमित भइसकेका छन्।

यस्तै स्पेनमा पनि कोरोना संक्रमणका कारण सोमबार एकै दिन ५३७ जनाको मृत्यु भएको छ। योसमेत गरेर स्पेनमा कोरोनाले ७ हजार ३ सय ४० जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

स्पेनमा अहिलेसम्म कोरोना भाइरसबाट ८५ हजार १ सय ९५ जना संक्रमित भएका छन्।

यस्तै विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३६ हजार २ सय ४ पुगेको छ भने ७ लाख ५२ हजार १८९ जना संक्रमित भएका छन्।

सँगसँगै १ लाख ५८ हजार ६८८ संक्रमित भने उपचारपछि स्वस्थ भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad