समाज


सिन्धुली अस्पतालका २२ स्वास्थ्यकर्मी डेराबाट निकालिए, अस्पतालमै गरियो खाने बस्ने व्यवस्था

सिन्धुली अस्पतालका २२ स्वास्थ्यकर्मी डेराबाट निकालिए, अस्पतालमै गरियो खाने बस्ने व्यवस्था

नेपालखबर
चैत १८, २०७६ मंगलबार ३:५९,

सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले आफ्नो घरमा बस्न रोक लगाएका छन्।

सिन्धुली अस्पतालमा कार्यरत २२ जना स्वास्थ्यकर्मीलाई घरबेटीले आफ्नो घरमा बस्न नदिएका हुन्।

कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरामा बस्नसमेत पाएका छैनन्।

डेरा घरमा जाँदा दुव्र्यवहार हुन थालेपछि स्वास्थ्यकर्मी हाल अस्पतालमै बस्दै आएका छन्। डेरामा जाँदा घरभेटीले दुव्र्यवहार गरेको गुनासो आएपछि अस्पतालभित्रै बसोबासको व्यवस्था मिलाइएको अस्पताल विकास समितिका अध्यक्ष प्रह्लाद पोखरेलले जानकारी दिए।

‘अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको मनोबल उच्च पार्ने समयमा यस्तो समस्या आएको छ। अस्पताल विकास समितिले कार्यरत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च पार्दै अस्पतालमै खाने, बस्ने तथा सुत्ने व्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘अस्पतालमा कार्यरत अन्य कर्मचारीलाई पनि अस्पतालभित्रै बस्ने व्यवस्था मिलाएका छौँ।’

यो अवस्थामा स्वास्थ्यकर्मीको मनोबल घटाउने काम नगर्न उनले सबैलाई आग्रह गरे।

‘यदि जोकोहीमा कोरोना नै नलागे पनि बिरामी पर्दा आउने अस्पताल नै हो र उपचार गर्ने स्वास्थ्कर्मीले नै हो,’ उनले भने, ‘यदि स्वास्थ्यकर्मीले पनि बिरामीमा भएको रोग आफूमा पनि सङ्क्रमण हुन्छ भन्दै उपचार नगरे अवस्था कस्तो आउला?’

स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्ने समय भएको भन्दै उनले यस्ता गलत काम नगर्न स्थानीयलाई आग्रह गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad