समाज


मधेसमा भ्रष्टाचार: प्रदेश सचिवसहितका कर्मचारीविरुद्ध ५२ करोडको मुद्दा दायर

मधेसमा भ्रष्टाचार: प्रदेश सचिवसहितका कर्मचारीविरुद्ध ५२ करोडको मुद्दा दायर

फाइल तस्बिर


नेपालखबर
बैशाख १५, २०८२ सोमबार ९:४५, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारका तत्कालीन सचिव, निर्देशक लगायतविरुद्ध ५२ करोड रुपैयाँ भन्दा धेरै बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

अख्तियारले मधेस प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको ठहरसहित आइतबार विशेष अदालत काठमाडाैँमा चारवटा मुद्दा दायर गरेको हो। 

आयोगले मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, लेखा अधिकृत नविन दास, तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साह, प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरका तत्कालीन निर्देशक डा.श्रवणकुमार मिश्र, वरिष्ठ ल्याब टेक्निसियन गुणानन्द प्रसाद साह, टेक्नोलोजिस्ट मनमोहन मिश्र र ल्याब टेक्नोलोजिस्ट रामउदगार साह, माइक्रोबायोलोजिस्ट जितेन्द्रकुमार साह, अमरेन्द्रकुमार मिश्र,  मेडिकल ल्याब टेक्नोलोजिस्ट दिपेन्द्रकुमार मिश्र, ल्याब असिस्टेन्ट रमेशकुमार मण्डल, कर्मशील प्रसाद गोप, उमेश चौधरी, लेखा अधिकृत अमरदीप महतोविरुद्ध मुद्दा दायर गरेको हो। 

सामान आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डितविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। 

सचिव  श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित समेत १४ जना र हस्पिटेक इन्टरप्राइजेज प्रालि उपर गैरकानूनी लाभ हानी पुर्‍याई भ्रष्टाचार गरेको ठहरसहित १९ करोड ४६ लाख १३ हजार १२० रुपैयाँ बिगो कायम गरि  मुद्दा दायर गरिएकाे छ।

त्यसैगरि प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरका तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्र, सेभेन हिल्स प्रालिका सञ्चालक अनिल साहसमेत ८ जना र सेभेन हिल्स प्रालि उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको ठहरसहित ६ करोड ५ लाख ११ हजार पाँचसय रुपैयाँ  बिगाे कायम गरि अर्काे मुद्दा दायर भएकाे छ।

मधेस प्रदेश, सामाजिक विकास मन्त्रालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरका तत्कालीन निर्देशक डा.श्रवण कुमार मिश्र र वरिष्ठ ल्याव टेक्निसियन निरीक्षक गुणानन्द प्रसाद साहसहित ८ जना र सेभेन हिल्सविरुद्ध पाँच करोड एक लाख ९० हजार ८० रुपैयाँ  बिगाे कायम गरेर मुद्दा दायर भएकाे अख्तियारले जनाएकाे छ।

त्यसैगरि मधेस प्रदेश, सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इम नारायण श्रेष्ठ, तत्कालीन निर्देशक डा.श्रवण कुमार मिश्र र हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डितसमेत १५ जना र हस्पिटेक इन्टरप्राइजेज प्रालिविरुद्ध २१ करोड ८९ लाख ३९ हजार ७६० रुपैयाँ माग दाबीसहित मुद्दा दायर भएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad