समाज


युरोपमा कोरोना भाइरसबाट ३० हजार बढीको मृत्यु

युरोपमा कोरोना भाइरसबाट ३० हजार बढीको मृत्यु

नेपालखबर
चैत १९, २०७६ बुधबार ९:४५,

सरकारी विवरणका आधारमा एएफपीले गरेको गणनामा दुई तिहाईभन्दा बढीको मृत्यु इटाली र स्पेनमा भएको उल्लेख छ।

कोभिड–१९ बाट युरोपमा चार लाख ५८ हजार ६०१ जना संक्रमित भएका र ३० हजार ६३ जनाको मृत्यु भएको देखिएको छ।

इटालीमा मात्र १२ हजार ४२८ जनाको ज्यान गएको छ। यस्तै स्पेनमा ८ हजार १८९ जना र फ्रान्समा ३ हजार ५२३ जनाको मृत्यु भएको छ।

जोन हप्किन्स विश्वविद्यालयको गणनामा संयुक्तराज्य अमेरिकामा ४ हजार ७६ जनाको मृत्यु भइसकेको विवरण सार्वजनिक भएलगत्तै युरोपको विवरण बाहिर आएको हो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad