समाज


टिपरको ठक्करबाट २१ वर्षीय युवकको मृत्यु, ३ जना घाइते

ठक्कर दिएपछि भागेका टिपर चालक खोज्दै प्रहरी
टिपरको ठक्करबाट २१ वर्षीय युवकको मृत्यु, ३ जना घाइते

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १२:२, काठमाडौँ

धनुषा र बारामा सवारी साधनकाे ठक्करबाट दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।

धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित सडकमा ना.८ ख ६५२७ नम्बरको टिपरको ठक्करबाट सोही नगरपालिका-५ बस्ने २१ वर्षीय समिर भन्ने योग कुमार बोगटीको मृत्यु भएको हो। 

गएराति टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

टिपरको ठक्करबाट घाइते भएका अन्य ३ जनाको जानकी मेडिकल वीरेन्द्र बजारमा उपचार भइरहेको छ। 

ठक्कर दिएपछि फरार भएका टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

त्यसैगरि बाराको जितपुर सिमरा उपमहानगरपालिका-२१ आधाभार जङ्गलस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। 

हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो। 

सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad