पूर्वमन्त्री प्रदीप नेपालको पार्थिव शरीर अन्तिम संस्कारका लागि पशुपति आर्यघाटतर्फ लगिएको छ।
लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित नेता नेपालको काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको थियो।
नेपाललाई अन्तिम श्रदाञ्जली दिन उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायत केही नेताहरु नर्भिक अस्पताल पुगेका थिए।
उनको हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन्।






654
Shares

प्रतिक्रिया