समाज


विपद् व्यवस्थापन सचेतनाका लागि पाँच भाषामा सन्देश निर्माण गर्दै प्राधिकरण

विपद् व्यवस्थापन सचेतनाका लागि पाँच भाषामा सन्देश निर्माण गर्दै प्राधिकरण

नेपालखबर
बैशाख २४, २०८२ बुधबार २०:१३, काठमाडौँ

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले विपद् व्यवस्थापनको सचेतना जगाउन मुख्यमुख्य पाँच भाषामा सन्देशहरु निर्माण गर्ने बताएका छन्।

बुधबार सिंहदरबारमा आयोजित तातो हावाको लहर ‘लू’ को प्रभाव र पूर्वतयारी विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले जुन ठाउँमा कर्मचारी कार्यरत हुन्छ त्यहीँ त्यहीँ ठाउँमा विपद् व्यवस्थापन पूर्वतयारीका सन्देशहरू प्रवाह गर्न निर्देशन दिए।

कार्यकारी प्रमुख भट्टले भने, ‘हामी छिट्टै पाँचवटा भाषामा ट्रान्सलेट गर्छौँ। जस्ले अलिअलि बुझेको छ उस्लाई सन्देश नचाहिएको पनि हुनसक्छ कतिपय ठाउँमा। पहिले नेपालीमा गएकै सन्देशलाई पाँचवटा मुख्य भाषामा परिवर्तन गर्दैछौँ।  जस्ले जहाँ काम गरिरहेको छ त्यस्तले त्यहीँबाट फैलाइ दिनुहोस्। अर्को सबै भाषामा भएका सामग्रीहरुको लाइब्रेरी पनि बनाउँदै छौँ।’

उनले हाल सामान्य वर्षा भइरहे पनि वर्षा रोकिएको केही दिनमै तातो हावा चल्न सक्ने भएकाले सजगता अपनाउनुपर्ने बताए।

उनले लूका कारण तराईमा पशुचौपाया मर्ने गरेकोप्रति विशेष ध्यान दिनुपर्ने बताए। पशुचौपाया मर्दा किसानले बिस्तारै पशुपालन छोड्न सक्ने भएकाले किसानको क्षतिपूर्ति र राहतका लागि पशु तथा कृषि बीमाको दायरामा ल्याउनुपर्नेमा जोड दिए। उनले विपद्का सबै क्षेत्रलाई बीमाको दायरामा ल्याउन बीमा कम्पनीहरुसँग सरकारले मध्यस्तता गर्नुपर्ने बताए।

कार्यकारी प्रमुख भट्टले तातो हावाका लहर लू तराई क्षेत्र हुँदै दिपायल, दाङको तुलसिपुर लगायतका उपत्यकाहरुमा पनि शुरु भइसकेकाले सजग हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad