मौसम पूर्वानुमान महाशाखाले बिहीबारसम्मको सम्भावित मौसमबारे जानकारी दिएको छ।
महाशाखाका अनुसार आज बुधबार राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अनि देशको हिमाली भूभागका एक-दुई स्थानमा स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।
यस्तै बिहीबार दिउँसो देशको पहाडी भूभागका थोरै स्थानमा तथा कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अनि देशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।
मौसम महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ।
Shares

प्रतिक्रिया