भक्तपुरको चाँगुनारायण नगरपालिका–८ ताथलीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटर चालकको ज्यान गएको छ।
च्यामासिंहबाट नालातर्फ जाँदै गरेको बा. ९१ प ८४१२ नं. मोटरसाइकलले विपरित दिशाबाट आँउदै गरेको प्रदेश ३–०२–०१४ प ५०४३ नं. को स्कुटरलाई ठक्कर दिएको थियो।
नालाबाट च्यामासिंहतर्फ आँउदै गरेको बाप्र ०२–०३६ प ५३२७ नं. को मोटरसाइकल आफैँ अनियन्त्रित भई स्कुटरमा ठक्कर खान जाँदा स्कुटर चालक भक्तपुर चाँगुनारायण नगरपालिका–९ सुडाल बस्ने वर्ष १७ को रिजन फुयाजुको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
गम्भीर घाइते भएका रिजनलाई तत्काल मध्यपुर ठिमी अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनामा बा .प्र. ०२–०३६ प ५३२७ नं. मोटरसाइकल चालक नुवाकोटको शिवपुरी गाँउपालिका–२ घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने वर्ष ४० को वीरे तामाङ घाइते भई ख्वप अस्पताल च्यामासिंहमा उपचार भइरहेको छ।
प्रहरीले बा. ९१ प। ८४१२ नं. मोटरसाइकल चालक भारतीय नागरिक वर्ष २४ को ईजार आलमलाई प्रहरी वृत्त जगाती भक्तपुरमा राखेर घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
Shares

प्रतिक्रिया