समाज


तेह्रथुम सरोकार समाजको नयाँ कार्यसमिति, अध्यक्षमा ढुंगेल

तेह्रथुम सरोकार समाजको नयाँ कार्यसमिति, अध्यक्षमा ढुंगेल

नेपालखबर
बैशाख २८, २०८२ आइतबार १७:२०, काठमाडौँ

तेह्रथुम सरोकार समाजको नवौँ वार्षिक साधारणसभाले डिल्लीराम ढुंगेलको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले निर्वाचित गरेको छ।

तेह्रथुमको आठाराई गाउँपालिका-१, मुसेगइरा निवासी ढुंगेल संस्थाको नयाँ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्। समाजका अध्यक्षको कार्यकाल दुई वर्षको हुनेछ। 

नयाँ अध्यक्षमा निर्वाचित भएपछि आफ्नो विचार राख्दै ढुंगेलले सरोकार समाजले तेह्रथुमवासीमाझ आफ्नो उपस्थिति महसुस गराउन कुनै कसर बाँकी नराख्ने बताए।

‘यो तेह्रथुमवासीको साझा सामाजिक संस्था हो, यसलाई कुनै पनि बहानामा राजनीतिकरण वा विवादास्पद बनाउनु हुँदैन’, ढुंगेलले भने, ‘अग्रजहरूले गरेको योगदानलाई हृदयदेखि नै सम्मान गर्दै समाजको सफा छवि कायम राख्न समितिले कुनै कसर बाँकी राख्नेछैन।’

कार्यसमितिका सदस्यहरूको क्षमता र सेवाभावको प्रशंसा गर्दै ढुंगेलले भने, ‘यो समिति उच्च सक्षम र समाजसेवामा निष्ठावान् व्यक्तिहरूको टोली हो, जसले मलाई धेरै खुसी र आशावादी बनाएको छ। पूर्वकार्यसमितिलाई आफ्नो जन्मभूमिप्रतिको गहिरो जिम्मेवारीको लागि आभार व्यक्त गर्दछु।’

यसैगरी, हरिपति लाल श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् भने चिरिञ्जीवी खतिवडा, केशव भट्टराई र भागीमान गुरुङ संस्थाका उपाध्यक्षमा निर्वाचित भएका छन्।

योगेन्द्र कुरुम्बाङ महासचिवमा, वीरेन्द्र कुरुम्बाङ उपमहासचिवमा र कुलचन्द फोम्बो र सुमन बुढाथोकी सचिवमा निर्वाचित भएका छन्। त्यस्तै, कृष्ण गड्तौला र विष्णु खनाल कार्यसमितिको कोषाध्यक्ष र सहकोषाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।

नवौं साधारण सभाले अन्य १० जनालाई पनि सर्वसम्मत रूपमा सदस्यमा निर्वाचित गरेको छ। निर्वाचित सदस्यहरूमा टिका सुनार गहतराज प्रेमप्रकाश गुरुङ, शङ्करप्रसाद दाहाल, विपिन दाहाल, डिल्लीराम तिम्सिना, छविलाल सुवेदी, मनोज भट्टराई, सौगातसेन ढकाल, पारसमणि तिम्सिना र उषा लिम्बु पर्दछन्।

त्यस्तै, काठमाडौंमा मे १० मा भएको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले मोहनकुमार डाँगीलाई संस्थाको मुख्य सल्लाहकारमा र तोयनाथ भट्टराई र विजय सम्भाम्फेलाई वरिष्ठ सल्लाहकारमा नियुक्त गरेको छ।

साथै, यो बैठकले प्राडा ओमकृष्ण सिटौला, जयप्रसाद सिटौला, गणेशप्रसाद घिमिरे, देवीदास भट्टराई, श्रीमान कार्की, पीताम्बर तिम्सिना, रामप्रसाद लकान्द्री, कृष्णप्रसाद दाहाल, तेजबहादुर कुरुम्बाङ र सञ्जय खतिवडालाई सल्लाहकारमा निर्वाचित गरेको छ।

काठमाडौंमा आएर विभिन्न पेसामाआबद्ध तेह्रथुमे दाजुभाइ तथा दिदीबहिनीहरुबिच आपसी सद्भाव र सहयोग गर्ने उद्यश्यले २०६३ सालमा तेह्रथुम सरोकार समाज नेपालको स्थापना भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad