सरकारको ढुकुटीमा २४ खर्ब बढीको विदेशी रकम सञ्चित भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म सरकारसँग २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ बराबरको वैदेशिक विनिमय सञ्चिति रहेको हो।
२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको चैतसम्म आइपुग्दा कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि भएको हो।
आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
105
Shares

प्रतिक्रिया