समाज


जापानद्वारा ७० मुलुकमाथि यात्रा प्रतिबन्ध

जापानद्वारा ७० मुलुकमाथि यात्रा प्रतिबन्ध

नेपालखबर
चैत २१, २०७६ शुक्रबार ७:५५,

 कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जापान सरकारले संयुक्तराज्य अमेरिका, बेलायत र चीन समेतका ७० भन्दा बढी मुलुकका नागरिकलाई जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ।

यो प्रतिबन्ध विगत १४ दिनभित्र यी मुलुकको भ्रमण गरेका नागरिकका लागि पनि लागू हुनेछ। सिएनएनका अनुसार यात्रा प्रतिबन्धहरु कहिले समाप्त हुन्छ भन्ने बारेमा जापान सरकारले केही बताएको छैन।

कोरोनाभाइरसको महामारी बढ्दै गएपछि गृष्मकालीन ओलम्पिक खेल एक वर्षका लागि स्थगित भएसँगै जापानले यस्तो निर्णय गरेको हो। जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोनाभाइरसको महामारीलाई ध्यानमा राखेर नै ओलम्पिक खेल स्थगित गरेको बताइसकेका छन्।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार जापानमा हालसम्म २ हजार ६१७ जनामा कोरोना संक्रमण देखिएको छ भने ६३ जनाको मृत्यु भएको छ।

जापानमा पनि बुढ्यौली उमेरको जनसंख्या ठूलो रहेको र उनीहरु कोरोना संक्रमणबाट सबैभन्दा बढी खतराको सूचीमा रहेकाले पनि जापानमा विशेष सतर्कता अपनाइएको सरकारको भनाई छ।

युरोप र अमेरिकाको तुलनामा जापानमा संक्रमण दर र मृत्यु दर दुबै निकै न्यून देखिएको छ। दक्षिण कोरियामा भने कोरोनाभाइरसको महामारी रोक्न सरकारले विशेष व्यवस्था गरेको छ र कोरोना परीक्षणलाई व्यापक बनाएको छ। रासस–एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad