मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभाव साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले आज (बुधबार) देशभर विभिन्न स्थानमा मौसम बदली, वर्षा, हुरी र हिमपात हुने सम्भावना छ।
महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,
आज दिउँसो: कोसी प्रदेशलगायत देशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। अनि कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हुरीको समेत सम्भावना छ।
आज राति: कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। अनि कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ।
Shares

प्रतिक्रिया