सशस्त्र प्रहरी वलका सहायक निरीक्षक (असई) दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।
आज बिहान नौ बजेर २० मिनेट जाँदा छत्याल विश्वको सर्वोच्च शिखर सगरमाथाकाे ८ हजार ८ सय ४८ मिटर अग्लो चुचुरोमा पुगेका सशस्त्र प्रहरी बलका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
चुचुरोमा पुगेर उनले काठमाडाैँमा जारी ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बलको झण्डा फहराएका सगरमाथा बेश क्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेत र वङ्दी शेर्पाले जानकारी दिएका छन्।
यसअघि छत्यालले गएको वैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालकोसमेत सफल आरोहण गरेका थिए।
‘तराई, पहाड, हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल’ नेपाल भन्ने सन्देशसहित छत्याल ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिएर सगरमाथा आरोहण लागि वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
उनलाई वैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथाको सफल आरोहणको शुभकामनासहित विदाइ गरेका थिए।

सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल नम्ब १९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत छन्।
Shares

प्रतिक्रिया