समाज


जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको  छ : डा आयान बनर्जी

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको  छ : डा आयान बनर्जी

नेपालखबर
जेठ ६, २०८२ मंगलबार १३:२४, काठमाडौँ

प्राक्टिकल एक्नसका एशिया क्षेत्रीय निर्देशक डा. आयान बनर्जीले सगरमाथा संवादले नेपाललाई जलवायुजन्य जोखिम समुदायको लागि समाधान खोज्नेने नेतृत्वकर्ताको रूपमा स्थापित गरेको बताएका छन्।

विज्ञ बनर्जीले सरोकारवालाहरूलाई एकै स्थानमा ल्याएर हिमालदेखि समुन्द्रसम्मको पारिस्थितिकीय प्रणालीमा आधारित समाधान खोज्ने प्रयास गर्नु आफैँमा महत्वपूर्ण कार्य भएको भन्दै नेपाल सरकारको प्रशंसा  गरे। 

नेपाल सरकारले जलवायु परिवर्तन र वित्तसम्बन्धी पहललाई तिब्रता दिँदै बहु–सरोकारवाला संवादको सुरुवात गरी विश्वलाई सकारात्मक सन्देश दिएको विज्ञ बनर्जीले उल्लेख गरे। सगरमाथा संवाद आफैँमा महत्वपूर्ण भएको बताए। जलवायु कार्यमा देखिएको स्रोत पहुँचको दूरी कम गर्ने  सवालमा पनि संवादले पैरवी गरेको उनको तर्क थियो। 

संवादमा सहभागी हुन नेपाल आएका डाक्टर बनर्जीले क्षेत्रीय स्तरमा बहस छलफल गर्न सगरमाथा संवाद जस्तो बहु-देशीय र बहु-सरोकारवाला गठबन्धन आवश्यक रहेकोमा जोड दिए। 

निर्देशक बनर्जीले जलवायु परिवर्तनले निम्त्याएको प्रकोपको गति हाम्रा कार्यभन्दा तिब्र हुने भएकाले पूर्वसूचना प्रणालीलाई अझै विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले तत्काल जलवायु वित्तसम्मको पहुँच कमजोर भएकोले स्रोत सम्मको  पहुँच र वकालतमा सगरमाथा संवाद जस्ता बहु-सरोकारवाला मंचले सकारात्मक र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad