समाज


आलमलाई आईसीयूबाट क्याबिनमा सारियो

आलमलाई आईसीयूबाट क्याबिनमा सारियो

फाइल तस्बिर


नेपालखबर
जेठ १८, २०८२ आइतबार १३:२८, काठमाडौँ

मस्तिष्कघात भएपछि अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका नेता अफताब आलमलाई क्याबिनमा सारिएको छ। 

शुक्रबार बिहान मस्तिष्कघात भएपछि उनलाई अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको थियो।

तर, उनको स्वास्थ्यमा सुधार आएपछि अस्पतालको क्याबिनमा सारिएको डा शरद गजुरेलले नेपालखबरलाई जानकारी दिए।

रौतहटको बम विस्फोटका अभियुक्त आलमलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले बिहीबार सफाइ दिएपछि उनी छुटेका थिए।

रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका आलमसहित चार जनालाई जिल्ला अदालत रौतहटले २०८१ वैशाखमा जन्मकैदको फैसला सुनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad