समाज


काठमाडौँमा आज प्रहरीको निःशुल्क बस सेवा, यी हुन् रुट

काठमाडौँमा आज प्रहरीको निःशुल्क बस सेवा, यी हुन् रुट

नेपालखबर
जेठ १९, २०८२ सोमबार ११:४४, काठमाडौँ

यातायात व्यवसायीले गरेको सवारी साधन बन्दको कारण समस्यामा परेका नागरिकको सुविधाको लागि नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा बस सेवा सञ्चालन गरेको छ।

अप्ठेरोमा परेका यात्रुलाई गन्तव्यमा पुर्‍याउन दुईवटा बस सञ्चालन गरिएको प्रहरीले जनाएको छ। 

विभिन्न आठवटा यातायात व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै आज देशव्यापी रुपमा सार्वजनिक यातायात बन्द गरेका छन्। 

प्रहरी प्रधान कार्यालयले दुईवटा रूटमा निःशुल्क बस सञ्चालन गरेको हो। ती बस काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न गन्तव्यमा छुट्ने प्रहरीले जनाएको छ। 

नक्सालबाट बालुवाटार, महाराजगन्ज, नयाँ बसपार्क, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल रुटमा बस चल्नेछ। 

यस्तै नक्सालबाट रातोपुल, गौशाला, एयरपोर्ट, काटेश्वर, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, महाराजगन्ज, बालुवाटार हुँदै नक्सालसम्को रुटमा पनि प्रहरीको बस चल्नेछ। 

यसैबीच प्रहरीले यात्रुसँग बढी भाडा नलिन विभिन्न राइड सेयरिङ कम्पनीका राइडरहरूलाई निर्देशन दिएको छ। बढी भाडा लिने र अफलाइन यात्रु ओसार्ने गरेको गुनासो आएपछि प्रहरीले त्यस्तो निर्देशन दिएको हो। 

यात्रुसँग बढी भाडा लिएको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा उजुरी दिन प्रहरीले अनुरोध गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad