समाज


मानसिक अस्पताल लगनखेलको ओपीडी टिकट अब अनलाइनबाटै

मानसिक अस्पताल लगनखेलको ओपीडी टिकट अब अनलाइनबाटै

नेपालखबर
असार १७, २०८३ बुधबार १६:१०, काठमाडौँ

मानसिक अस्पताल लगनखेलले अब अनलाइनबाटै ओपीडी टिकट सेवा सुरु गरेको छ।

यो अनलाइन प्रणालीबाट बिरामीले अस्पतालको वेबसाइटबाटै ओपीडी टिकट लिन सक्नेछन्। 

यस व्यवस्थासँगै टिकट लिन अस्पतालमा लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हट्ने अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार अनलाइनबाट टिकट लिने बिरामीले डिजिटल माध्यमबाट टिकट शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था पनि गरिएको छ। 
अस्पतालका अनुसार सार्वजनिक बिदाबाहेक अन्य दिन ओपीडी सेवा बिहान ९ बजेदेखि १ बजेसम्म तथा दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ।

तर अनलाइनबाट टिकट लिएका बिरामीलाई बिहानको ओपीडीका लागि ९ः३० देखि १२ः३० बजेसम्म तथा दिउँसोको ओपीडीका लागि २ः३० देखि ४ः३० बजेसम्म अस्पतालमा उपस्थित हुन अनुरोध गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad