समाज


ताप्लेजुङमा खुकुरी प्रहार गरी २८ वर्षीय युवकको हत्या

ताप्लेजुङमा खुकुरी प्रहार गरी २८ वर्षीय युवकको हत्या

नेपालखबर
जेठ २१, २०८२ बुधबार १६:३३, काठमाडौँ

ताप्लेजुङको फुङलिङ नगरपालिका-६ का २८ बर्षीय तेजेन्द्र लिम्बूलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही स्थानका ३२ बर्षीय अर्जुन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।  

जेठ २१ गते राती पौने १ बजे फक्तालुङ  गाउँपालिका-३ स्थित फुपु योगमाया लिम्बूको घरमा पाहुना गएको अवस्थामा अर्जुन गुरुङ र उनको श्रीमती सरिता लिम्बूबीच सामान्य विवादको क्रममा झगडा भएकोमा फुपुले सम्झाइ बुझाइ दुवै जनालाई छिमेकी २८ बर्षीय तेजेन्द्र लिम्बूको साथ लगाइ उनीहरूकै घर पठाएकोमा घर फर्कने क्रममा बाटोमा तेजेन्द्र लिम्बूलाई गुरुङले एक्कासी धारिलो हतियार खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। 

घटना पश्चात फरार रहेका गुरुङलाई तत्काल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले फुङ्लिङ-९ स्थित भिरकुना जंगलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad