त्रिभुवन विश्वविद्यालयले विदेशी विद्यार्थीको भिसाको प्रकृया त्रिवि अन्तराष्ट्रिय सम्बन्ध केन्द्र कीर्तिपुरबाट गर्ने जनाएको छ। त्रिविले आज सार्वजनिक सूचना प्रकाशन गरेर नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीको भिसाको सम्बन्धमा यसबारे निर्णय भएको जनाएको हो।
आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र त्रिविसभा २०८१ मा पारित भएको पनि सूचनामा उल्लेख गरिएको छ। त्रिवि समन्वय परिषद्को बैठकमा त्रिविअन्तर्गत सञ्चालित अंगिक तथा सम्बन्धप्राप्त क्याम्पस कलेजहरूमा अध्ययन ,अध्यापन ,अनुसन्धान प्रयोजनार्थ आउने विदेशी विद्यार्थी तथा प्राध्यापकहरूको हकमा प्रवेशाज्ञा (भिसा) को प्रक्रिया त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय सम्बन्ध केन्द्र , कीर्तिपुरबाट मात्र अगाडि बढाइने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ।

Shares

प्रतिक्रिया