कला


हलिउड फिल्म ‘टासी’ मा मुख्य भूमिकामा देखिँदै थिन्ले ल्हामो

हलिउड फिल्म ‘टासी’ मा मुख्य भूमिकामा देखिँदै थिन्ले ल्हामो

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १२:३८, काठमाडौँ

केही दिनअघि अमेरिकी कम्पनी एप्पलले निर्माण रहेको हलिउड फिल्म ‘टासी’ को नेपालमा छायांकन गरिएको छ। यो फिल्म पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित छ।

यसैबीच ‘टासी’ मा नेपाली अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा देखिने खबर बाहिरिएको छ। उनी यस फिल्ममा पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाकी पत्नी दावाको भूमिकामा देखिनेछिन्। 

‘नाका’ डेब्यु गरेकी ल्हामो पछिल्लो समय फिल्म ‘शाम्बाला’ का कारण चर्चामा छिन्। गतवर्ष रिलिज भएको यो फिल्म बर्लिन फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो। उनले लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको लागि ‘बोक्कालिनो डिओर’ अवार्ड समेत जितेकी थिइन्।

एप्पलले हालै सार्वजनिक गरेको विवरण अनुसार फिल्ममा तिब्बती मूलका चिनियाँ अभिनेता गेन्देन फुन्त्सोक नोर्गे तेन्जिङको मुख्य भूमिकामा देखिनेछन्। थिन्ले उनको श्रीमतीको रूपमा देखिने छिन्। यस फिल्ममा विलियम डफोई र टम हिडल्स्टनको पनि मुख्य भूमिका छ।

तेन्जिङकै जीवनमा आधारित बताइएको यो फिल्ममा चिनियाँ अभिनेता गेन्देन फुन्त्सोक नोर्गेले तेन्जिङको भूमिका निर्वाह गरेका छन्। यो फिल्म ललितपुर, मुस्ताङ, तनहुँ र सोलुखुम्बुमा एक महिना लगाएर छायांकन गरिएको छ।

तेन्जिङ नोर्गे शेर्पा र उनको १९५३ मा सगरमाथा आरोहणको सत्य कथामा आधारित छ। 

‘शेर्पा’ र ‘माउण्टेन’जस्ता चर्चित डकुमेन्ट्री निर्देशन गरेकी जेनिफर पिडमले यो फिल्मको निर्देशन गरेकी छन्। फिल्मको नेपाल छायांकन होल्डिलेस आउटडोर, फिल्म डेस्टिनेसन नेपाल र फिल्म क्रूले संयोजन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad