जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको वेबसाइटमा समस्या देखिएको छ।
जसका कारण शनिबार साँझदेखि मौसम महाशाखाले मौसमबारे जानकारी दिन सकेको छैन।
महाशाखाका मौसमविद् गोविन्द झाले वेबसाइट मर्मत भइरहेको जानकारी दिए।
‘हामी बिहानैदेखि लागिरहेका छौँ, प्राविधिक खटाएका छौँ, सकेसम्म चाँडै बनाउने प्रयासमा छौँ’, उनले भने।
मौसम महाशाखाले हरेक दिन बिहान र बेलुका मौसमबारे जानकारी दिने गरेको छ।
तर वेबसाइट बिग्रेपछि शनिबार साँझदेखि अपडेट दिन सकेको छैन।
मौसम महाशाखाको वेबसाइटमा बेलाबेला समस्या आउने गरेको छ। कतिपटक ह्याकसमेत भएको छ।
432
Shares

प्रतिक्रिया