समाज


बागमतीसहित ठूला ३ नदी र ८ जिल्लामा सतर्कता अपनाऔँ: बाढी महाशाखा

बागमतीसहित ठूला ३ नदी र ८ जिल्लामा सतर्कता अपनाऔँ: बाढी महाशाखा

फाइल तस्बिर


नेपालखबर
जेठ २५, २०८२ आइतबार ९:१३, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले हरेक दिनझैँ आज (जेठ २५, आइतबार) पनि सम्भावित बाढीबारे जानकारी दिएको छ। 

बिहान ८ बजे जारी बुलेटिनअनुसार महाशाखाले आज ८ जिल्लाका खाेला/नदीमा बाढीको जोखिम रहेको आकलन गरेको छ। 

सूचनामा भनिएको छ: आज इलाम, पाँचथर, खोटाङ, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीमा बहाब बढ्ने सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।

यस्तै बाढी महाशाखाले आगामी ३ दिन (मंगलबारसम्म) को सम्भावित बाढीबारे पनि जानकारी दिएको छ। 

महाशाखाका अनुसार आगामी ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन आवश्यक देखिन्छ।

बाढी महाशाखाको बुलेटिनमा अगाडि भनिएको छ: कन्काई, कमला र बागमतीमा बहाब केही हदसम्म बढ्न सक्ने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाइराखौँ।

बाढीबारे विस्तृत जानकारी तल:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad