समाज


संवैधानिक अंगका ५२ पदाधिकारी नियुक्ति विवादमा सर्वोच्चले आज निर्णय सुनाउने

संवैधानिक अंगका ५२ पदाधिकारी नियुक्ति विवादमा सर्वोच्चले आज निर्णय सुनाउने

नेपालखबर
जेठ २८, २०८२ बुधबार ८:२९, काठमाडौँ

सर्वोच्च अदालतको संवैधानिक इजलासले विभिन्न संवैधानिक अंगका ५२ पदाधिकारीको नियुक्ति विवादमा आज निर्णय सुनाउँदै छ। 

जेठ १ गते सुनुवाइ सकेको संवैधानिक इजलासले त्यही दिन आजका लागि निर्णय सुनाउने दिन तोकेको हो।

माघ ३० गते खोलिएको फाइलमा बल्ल जेठ १ गते सुनुवाइ सकिएको थियो। 

पछिल्लो समय भने निरन्तर सुनुवाइ गरेर ४ वर्षअघिको विवादको निर्णय आज सुनाउने अवस्थामा सर्वोच्च पुगेको हो।  

इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतका साथै न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी छन्।

चार वर्षअघि केपी शर्मा ओली नै प्रधानमन्त्री छँदा दुईपटक गरी ५२ जनालाई अख्तियारसहित विभिन्न संवैधानिक आयोगमा नियुक्त गरिएको थियो। 

ती नियुक्ति गैरकानुनी रहेको दाबी गरी अधिवक्ता ओमप्रकाश अर्यालले २०७७ पुस १ गते पहिलो रिट निवेदन दायर गरेका थिए।

अरू १४ वटा निवेदन यही विषयमा परेका थिए। ती सबै निवेदन एकसाथ राखी सुनुवाइ भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad