समाज


मृतकका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको आरोपमा गाविस अध्यक्ष र सचिवविरुद्ध मुद्दा

मृतकका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको आरोपमा गाविस अध्यक्ष र सचिवविरुद्ध मुद्दा

नेपालखबर
असार १, २०८२ आइतबार १५:३१, काठमाडौँ

बाँकेको साविक नरैनापुर गाउँ विकास समितिका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तवविरुद्ध सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोप लागेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गाविस अध्यक्ष श्रीवास्तवसमेत १७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

उक्त गाविसमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गाविस सचिव र मुखियाले मिलेमतो गरी नियम विपरित भत्ता वितरण एवं लिने खाने गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा आर्थिक वर्ष २०५७/०५८ देखि २०७२/२०७३ सम्म सामाजिक सुरक्षा भत्ता पाउन उमेर नपुगेका १९ जना व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता दिएको पाइएको अख्तियारले जनाएको छ। 

नागरिकतामा उल्लेखित जन्ममिति र नागरिकता जारी मिति अन्देखा गरी ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकको रुपमा, नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई एकल महिलाको रुपमा र भारतमा विवाह गरी गएका महिलालाई एकल महिलाको रुपमा तत्कालीन सचिव र अध्यक्षले सामाजिक सुरक्षा लाभग्राही परिचयपत्र जारी गराई सामाजिक सुरक्षा भत्ता वितरण गरी ६ लाख ५६ ७सय रुपैयाँ हिनामिना हानिनोक्सानी गरेको अख्तियारको ठहर छ। 

उक्त कार्यमा संलग्न गाविस अध्यक्ष र सचिव लगायतका व्यक्तिहरु उपर आइतबार आरोपपत्र दायर गरेको हो।

साथै, पाटेश्वरी सिंह ठाकुर, मुज्फर खाँ, राम सुमझ कुर्मी, जलील खाँ र राम सेवक कूर्मीसमेतको मृत्यु भइसकेको विवरण प्राप्त भएकोले बिगोको हकमा प्रतिवादी तत्कालीन गाविस सचिव सावित राम कुर्मीबाट असुल उपर हुन मागदाबीसमेत लिइएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad