समाज


नेपालमा ७३ प्रतिशतभन्दा बढी विवाहित जोडीमा यौन दुर्बलता

नेपालमा ७३ प्रतिशतभन्दा बढी विवाहित जोडीमा यौन दुर्बलता

डा खेम कार्की


नेपालखबर
असार २, २०८२ सोमबार १५:०, काठमाडौँ

नेपालमा ३० वर्षभन्दा माथिका विवाहित जोडीमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता रहेको अध्ययनले देखाएको छ। 

सोमबार काठमाडौँमा सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनले ३० वर्षभन्दा माथिका विवाहित जोडीहरूमा यो समस्या बढी रहेको देखाएको हो। त्यसमा पनि ३२ देखि ३९ वर्ष उमेर समूहका मानिसहरूको संख्या बढी रहेको छ। नेपालमा ३० वर्षमाथिका विवाहित जोडीहरूमध्ये ७३.७ प्रतिशतमा यौन दुर्बलता रहेको अध्ययनले देखाएको छ। 

३० वर्षमाथिका ७२ प्रतिशत पुरुषमा यौन दुर्बलताको समस्या रहेको छ भने ३० वर्षमाथिका ६७ प्रतिशतमा महिलाहरूमा यो समस्या दखिन्छ।

कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता डा खेम कार्कीले कुल यौन दुर्बलता भएकामध्येमा सेक्सुअल डिजायर कम्परमाइज (यौन इच्छा दबाउने) हुनेहरूको संख्या ९२ प्रतिशत रहेको बताए।

उनले कुल यौन दुर्बलता भएकाहरूमध्ये महिलालाई अराउजल (उत्तेजना नहुने) समस्या ९४ प्रतिशत रहेको बताए। ८४ प्रतिशत पुरुषहरू यौन सम्बन्ध राखेपनि सन्तुष्टि हुन नसकेको अध्ययनले देखाएको बताए।

उनले भने, ‘विश्वस्तरमा यौन दुर्बलताको स्थिति हेर्दा झन्डै झन्डै आधा जनसंख्या ४३ प्रतिशत पुरुष र ४९ प्रतिशत महिलामा यौन दुर्बलता भएको देखिन्छ। एशियन देशहरूमा अरु क्षेत्रको भन्दा अझ बढी छ। मलेसियामा ६९, सिंगापुरमा ७३ प्रतिशत, हङकङ्गमा ६४ प्रतिशतसम्म छ पुरुषहरूमा भने महिलामा सिंगापुरमा महिलामा ५६ प्रतिशत देखिएको छ। नेपालमा हामीले क्लिनिकल हस्पिटल स्टडिजहरू गर्दा ७३.७ प्रतिशतसम्मको यौन दुर्बलता रहेको पाएका छौँ।’

मधेसका महिला र कर्णालीका पुरुषमा सबैभन्दा बढी यौन दुर्बलता
उनकाअनुसार प्रदेशगत रुपमा हेर्दा पुरुषहरूमा सबैभन्दा बढी यौन दुर्बलता कर्णाली प्रदेशका पुरुषमा रहेको पाइएको छ। महिलामा सबैभन्दा बढी यौन दुर्बलता मधेस प्रदेशमा रहेको छ। कोशीमा ७८ प्रतिशत पुरुष र ५१ प्रतिशत महिलामा यौन दुर्बलता र ६० प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ।

त्यस्तै, मधेस प्रदेशमा ६४ पुरुष, ७३ प्रतिशत महिला र ७३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ। बागमतीमा पुरुष ७४, महिला ६४ र ६७ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ। 

त्यस्तै, गण्डकीमा ७६ पुरुष, ४७ महिला र ५५ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ। लुम्बिनीमा ७२ पुरुष, ४१ महिला र ५३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ। त्यस्तै कर्णालीमा ८२ पुरुष, ७० महिला र ७२ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ। 

त्यस्तै सुदूरपश्चिम प्रदेशमा ६७ पुरुष, ६३ महिला र ६३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ। यो अध्ययन ३० वर्षमाथिका विवाहित जोडीमा गरिएको अध्ययन हो।

अध्ययनअकाअनुसार हिमाली क्षेत्रका पुरुषहरूमा बढी यौन दुर्बलता रहेको छ। हिमाल र पहाड क्षेत्रका महिलाहरूमा करिब उस्तै उस्तै यौन दुर्बलता रहेको पाइएपनि तराईका महिलाहरूमा बढी यौन दुर्बलता रहेको अध्ययनले देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad