समाज


अमेरिकी राष्ट्रपति भन्छन्ः चीन केन्द्रित डब्लूएचओमा सहयोग रोक्छौं

अमेरिकी राष्ट्रपति भन्छन्ः चीन केन्द्रित डब्लूएचओमा सहयोग रोक्छौं

नेपालखबर
चैत २६, २०७६ बुधबार १०:३९,

कोरोना भाइरसको संक्रमणका बेला डब्लूएचओले चीनको विषयमा मात्र ध्यान केन्द्रित गरेको ट्रम्पले बताएका हुन्।

ट्रम्पले चीन केन्द्रित भएको डब्लूएचओले अमेरिकालाई गलत सुझाब दिएको समेत आरोप लगाएका छन्।

यस्तो कार्य जारी रहे डब्लूएचओलाई प्रदान गर्दै आएको अमेरिकी सहयोग रोक्का हुने पनि ट्रम्पले चेतावनी दिएका छन्।

कोरोनाको प्रकोप चीनमा उच्च हुँदै गएको समयमा अमेरिकाले चीनमा भ्रमण प्रतिबन्ध लगाएको थियो। ट्रम्पले चीन भ्रमण गर्ने र चिनियाँ नागरिक कसैलाई अमेरिकी भिषा तत्काल नदिने बताएका थिए।

त्यसबेला डब्लूएचओले अमेरिकाले चीनमा भ्रमण प्रतिबन्ध लगाउनु अर्थपूर्ण नभएको टिप्पणी गरेको थियो। कोरोनाको प्रभाव बढ्दै गएपछि सबैले चीनमा भ्रमण प्रतिबन्ध लगाएका थिए।

यतिबेला सोही विषयलाई ट्रम्पले त्यसबेला आफ्नो निर्णय सही भएको र डब्लूएचओले चीनको साथ दिएको आरोप लगाइरहेका छन्।

डब्लूएचओले अमेरिकालाई चीनसँगको हवाई सेवा बन्द नगर्न सुझाव दिएको थियो। ट्रम्पले डब्लूएचओले किन अमेरिकालाई त्यसबेला गलत सुझाव दिएको भनेर प्रश्न गरिरहेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad