समाज


कोरोना संक्रमित ८ जनासँग सम्पर्कमा रहेका सबैकाे कन्ट्याक्ट ट्रेसिङ सकियो

कोरोना संक्रमित ८ जनासँग सम्पर्कमा रहेका सबैकाे कन्ट्याक्ट ट्रेसिङ सकियो

नेपालखबर
चैत २६, २०७६ बुधबार १०:४६,

कोरोना भाइरस कोभिड १९ बाट संक्रमित भई विभिन्न अस्पतालमा उपचाररत् ८ जनाको सम्पर्कमा रहेका सबै व्यक्तिलाई सम्पर्क गर्ने काम (कन्ट्याक्ट ट्रेसिङ) पुरा भएको छ।

बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमित ८ जनाको कन्ट्याक्ट ट्रेसिङ सकिएको बताएका हुन।

संक्रमितको सम्पर्कमा रहेका परिवारका सदस्य, उनीहरुसँग नजिकबाट कुनै गतिबिधिमा संलग्न हुँदा त्यस्ता अरु व्यक्तिलाई पनि कोरोना सरेको हुनसक्ने आशंकामा ती व्यक्तिहरुलाई सम्पर्क गरिएको हो।

‘धनगढीमा ४, बागलुङमा २ र टेकु अस्पतालमा रहेका २ गरी ८ वटा संक्रमित केसहरुको डब्ल्युएचओको मापदण्ड अनुसार गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङको काम सम्पन्न भइसकेको छ’, प्रवक्ता देवकोटाले भने।

उनका अनुसार हालसम्म उपत्यकाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १९६५ र उपत्यकाबाहिर ४०१ गरी २३६६ नमूना परिक्षण गरिएको छ।

अहिले देशभर १३४ जना आइसोलेसनमा उपचाररत् छन् भने ८ हजार ५ सय ८० जना क्वारेन्टिनमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad