जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चीनको तिब्बत क्षेत्रमा ठूलो वर्षा हुने सम्भावना रहेको भन्दै भोटेकोसी र सुनकोसी नदीमा ठूलो बाढी आउनने अनुमान गरेकाे छ।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बुधबार सूचना जारी गर्दै असार ३ गतेदेखि ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने र त्यसको असर नेपालमा पर्नसक्ने भन्दै नदी आसपास क्षेत्रका नागरिकलाई सचेत गराएका हुन्।
‘असार ३ गतेदेखि ७ गतेसम्म छिमेकी राष्ट्र चीनको भोटेकोसी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको भनी चीनको प्रहरी कार्यालयबाट सूचना प्राप्त भएको छ,’ सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारीले आज जारी गरेको सूचनामा भनिएको छ, ‘भोटेकोसी र सुनकोसी नदी आसपास (भोटेकोसी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोसी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोसी/सुनकोसी नदी आसपास) क्षेत्रमा जोखिम हुनसक्ने भएकाले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरुमा सतर्कता अपनाउन अनुरोध छ।’

Shares

प्रतिक्रिया