समाज


कोरोनाले भयावह बन्यो अमेरिकाको अवस्था, हालसम्मकै बढी संख्यामा संक्रमितको मृत्यु

कोरोनाले भयावह बन्यो अमेरिकाको अवस्था, हालसम्मकै बढी संख्यामा संक्रमितको मृत्यु

नेपालखबर
चैत २७, २०७६ बिहिबार ६:५५,

कोरोना भाइरस ‘कोभिड १९’ का कारण अमेरिकामा भयावह स्थितीको सिर्जना भएको छ।

अमेरिका कोरोना सबैभन्दा बढी ग्रस्त मुलुक हो। गएको २४ घण्टामा अमेरिकामा १९ सय २२ जनाको मृत्यु भएको छ।

एकैदिन यति धेरै संख्यामा अमेरिकामा मानिसहरुको मृत्यु भएको पहिलोपटक हो। यसअघि बुधबार अमेरिकामा झन्डै १८ सयको मृत्यु भएको थियो।

बिहीबारसम्म आइपुग्दा अमेरिकामा मृतक दर झनै बढेको हो। यससँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ सय ८१७ पुगेको छ।

अमेरिकामा कोरोना संक्रमित ४ लाख ३५ हजार १६० छन्। यो संख्या विश्वभरका देशभन्दा सबैभन्दा बढी हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad