समाज


बिमा कोषमार्फत ७० वर्ष नाघेकाले जटिल प्रकृतिका रोगको उपचारमा थप एक लाख पाउने

बिमा कोषमार्फत ७० वर्ष नाघेकाले जटिल प्रकृतिका रोगको उपचारमा थप एक लाख पाउने

नेपालखबर
असार ९, २०८२ सोमबार १२:३६, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बिमाकोषमार्फत थप एक लाख उपलब्ध गराउने निर्णय गरेको छ। 

मन्त्रालयले क्यान्सर, मुटु , मिर्गौला, हेड इन्जुरी, स्पाईनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सन र अल्जाइमरका ७० वर्ष नाघेका बिरामीलाई थप एक लाख रुपैयाँ उपचार सुविधा प्रदान गर्ने निर्णय गरेको हो। 

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा नियमावलीमा भएको व्यवस्था लागू गराउनका लागि मन्त्रीस्तरीय निर्णय गरेका हुन। जसका लागि  मन्त्रालयले स्वास्थ्य बिमा बोर्डलाई ७० नाघेका ज्येष्ठ नागरिकले मात्र उपभोग गर्ने गरी सुविधा दिन पत्राचार गरेको छ।  

यसअघि स्वास्थ्य बिमा गरेका सबैले १ लाखसम्मको उपचार सुविधा पाउने गरेका थिए। 

मन्त्री पौडेलले स्वास्थ्य बिमामा आकर्षण बढाउन तथा दिगोपनाका आधारमा बिमा थैली लागू गराउन समेत तयारी भएको जनाए। तर, यस्ता थैलीहरु बनाउँदा बिमा कोष दुरुपयोग हुन नदिन सजगताका लागि समेत मन्त्रालयले स्वास्थ्य बीमा कोषलाई निर्देशन जारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad