राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी अघि बढाएको छ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईले रिजल्ट सकेसम्म चाँडो सार्वजनिक गर्ने तयारी भइरहेको बताए।
‘एसईईको रिजल्ट सकेसम्म चाँडो आउँछ। तर, कहिले आउँछ भन्ने निर्धारण भइसकेको छैन,’ शुक्रबार बिहान भट्टराईले नेपालखबरसँग भने, ‘परीक्षा फल सार्वजनिक गर्ने निर्णय बोर्डले गर्ने हो। बोर्डको बैठक अहिले बसिसकेको छैन।’
सम्भवतः आज साँझसम्म बोर्डको बैठक बस्ने बताइएको छ।
यस वर्ष असार ६ गतेभित्रमा एसईईकाे नतिजा सार्वजनिक गर्नेगरी बोर्डले कार्यतालिका बनाएको थियाे। गत २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकहरुले काठमाडौँमा गरेको सडक आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको हो।
Shares

प्रतिक्रिया