समाज


एसईईको नतिजा साँझ ६ बजे प्रकाशन हुने

एसईईको नतिजा साँझ ६ बजे प्रकाशन हुने

नेपालखबर
असार १३, २०८२ शुक्रबार १४:३९, काठमाडौँ

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशन हुने भएको छ। परीक्षा नियन्त्रक गणेश भट्टराईले आज केहीबेरअघि सम्पन्न बोर्ड बैठकले आजै साँझ ६ बजे नतिजा प्रकाशन गर्ने निर्णय गरेको सुनाए। 

'कुनै प्राविधिक समस्या भएन भने आजै नतिजा प्रकाशन हुन्छ' उनले नेपालखबरसँग भने। 

गत वर्षको चैत ७ गतेदेखि सुरु भएको एसईईमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad