समाज


गौशालाबाट पेस्तोलसहित २ जना पक्राउ

गौशालाबाट पेस्तोलसहित २ जना पक्राउ

नेपालखबर
असार १६, २०८२ सोमबार १६:२९, काठमाडौँ

काठमाडौँको गौशलाबाट हतियारसहित २ जना पक्राउ परेका छन्।

प्रहरी वृत्त गौशालाको टोलीले गौशालास्थित तीलगंगाबाट कटुवा पेस्तोल र त्यसको म्यागजिनसहित २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा महोत्तरीका सुरेशकुमार राम र दिनेशकुमार राम रहेका छन्।

सोमबार दिउँसो २ बजेतिर उनीहरुले हतियार लुकाएर राखेको सूचनाका आधारमा तिलगंगामा प्रहरी पुगेको थियो। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले यहाँस्थित एउटा घरमा डेरा गरी बस्ने २९ वर्षका  सुरेश र २६ वर्षका दिनेशलाई पक्राउ गरेको हो।

कोठामा किटक्याट लेखिएको बट्टाभित्र लुकाई छिपाई राखेको अवस्थामा कटुवा पिस्तोल एउटा र म्यागजिन २ थान बरामद गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad