कान्ति बाल अस्पतालले केही रेडियोलोजिस्ट चिकित्सक मागेको छ।
अस्पताल प्रशासनले आज सूचना प्रकाशन गरी रेडियोलोजिष्ट बिषयमा स्नातकोत्तर उत्तीर्ण गरेकाहरूबाट दरखास्त माग गरेको हो।
मेडिकल काउन्सिलबाट दर्ता प्रमाणपत्र प्राप्त गरेका इच्छुक उम्मेदवारले दखास्त दिन पाउने सूचनामा उल्लेख गरिएको छ।
अस्पतालले करार सेवामा रेडियोलोजिस्टचिकित्सक राख्न खोजेको हो। भौतिक पूर्वाधार अपुगदेखि, जनशक्ति अभावसम्मका समस्या भोगिरहेको कान्ति अस्पतालले पछिल्लो समय करारमा जनशक्ति थप्दै आएको छ।

54
Shares

प्रतिक्रिया