समाज


नारायणघाट-बुटवल सडकखण्ड फेरि अवरुद्ध

खुर्साने खोलानजिकै सडकको केही भाग वर्षाले ४ फिट भासियाे
नारायणघाट-बुटवल सडकखण्ड फेरि अवरुद्ध

नेपालखबर
असार २५, २०८२ बुधबार ८:७, काठमाडौँ

नारायणघाट-बुटवल सडक फेरि अवरुद्ध भएकाे छ। दाउन्ने–बर्दघाट खण्डको खुर्साने खोलानजिकै सडकको केही भाग वर्षाको कारण बगेको कारण सडक अवरुद्ध भएकाे प्रहरीले जनाएकाे छ। 

बर्षाको कारण क्षति भएको सडकको मर्मत कार्य सुरु भइसकेको नारायणघाट–बुटवल सडक योजनाले जनाएको छ। बुधबार दिउँसो सम्ममा सडकको मर्मत पूरा हुने र दुवैतर्फ सवारी सञ्चालन हुने आयोजनाले दाबी गरेकाे छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले पनि आज बिहान करिब ६ बजेदेखि यो सडक पूर्णरुपमा सडक अवरुद्ध भएको जनाएको छ। 

‘बर्दघाट नगरपालिका वडा नम्बर- ४ दाउन्ने जंगल खुर्सानी खोलास्थित पूर्व पश्चिम राजमार्गमा बर्षातको कारण सडक करिब ३४ फिट जति भासिन जाँदा, बाटो दुईतर्फी  नै बन्द रहेको हुँदा उक्त बाटो प्रयोग गर्नुहुने सम्पूर्ण सवारी साधन र आम सर्वसाधारण यात्रु महानुभावलाई वैकल्पिक बाटो प्रयोग गर्नु हुन अनुरोध छ,’ जिप्रका नवलपरासी पश्चिमले जारी गरेको सूचनामा भनिएको छ। 

नारायणघाट-बुटवल सडक विस्तारमा ढिलाइ हुँदा विगत लामाे सयमदेखि यात्रुले सास्ती खेप्दै आएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad