समाज


त्रिशूली नदीको किनारामा भेटियो पुरुषको शव

त्रिशूली नदीको किनारामा भेटियो पुरुषको शव

नेपालखबर
असार २६, २०८२ बिहिबार १४:१८, काठमाडौँ

त्रिशूली नदी किनारमा एक पुरुषको शव भेटिएको छ। चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ कालिखोलास्थित त्रिशुली नदीको किनारामा एक पुरुषको शव फेला परेको हो। 

अन्दाजी ४५-५० वर्षिय पुरुषको शरीरको केही अंग नभएको अवस्थामा शव फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। 

स्थानीयले शव भेटिएको सूचना दिएसँगै मनसुजन्य विपद् प्रयोजनार्थ सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा बेस भालढुङ्गाबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले आवश्यक मुचुल्का गरी भरतपुर जिल्ला अस्पताल पठाइएको जनाएको छ। 

फेला परेका शवको भने पहिचान हुन सकेको छैन। शव गत असार २४ गते रसुवा बाढीमा बेपत्ता व्यक्तिको हुन सक्ने आशंका गरिएको छ।  

यसैगरी बुधबार म्याग्दी, मालिका गाउंपालिका-३ लुप्सीपारमा पहिरोमा पुरिएर बेपत्ता १३ वर्षका सरोज विकको आज बिहीबार फेला पारेको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad