स्वास्थ्य बिमा बोर्डका करार सेवामा नाम निकालेका चिकित्सकहरूले कार्यविवरण संशोधन गर्न आग्रह गरेका छन्।
करार सेवामा नाम निकालेका १८० जना चिकित्सकहरूले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै कार्यविवरण र कार्य सम्झौता संशोधन गर्न आग्रह गरेका हुन्।
बिमा बोर्डले दिनमा ३० लाखसम्म दाबी रकमको मूल्यांकन गर्नुपर्ने जनाएपछि चिकित्सकहरूले नियुक्ति पत्र लिन अस्वीकार गरेका छन्।
बिमा बोर्डले लामो समयदेखि रकम भुक्तानी गर्ने दाबी फारम चाङ् लागेको भन्दै १८० जना करार चिकित्सक मागेको थियो। बोर्डले दिनको ७ घण्टा काम गर्नु पर्ने र ४ सय जनाको दाबी मूल्यांकन गर्नुपर्ने जनाएको थियो।
जसमा चिकित्सकहरूले एक मिनेटमा १ दाबी रकम मूल्यांकन गर्न नसकिने भन्दै कार्य विवरण संशोधन गर्न भनेका हुन्।
७ घन्टामा ४२० मिनेट हुन्छ र लक्ष्य ४०० को दिइएको छ। जुन अव्यवहारिक रहेको बताउँदै उनीहरूले करारमा हस्ताक्षर गर्न अस्वीकार गरेको मन्त्रालयले जनाएको छ।
प्रत्येक दिन उक्त संख्यामा दाबी पूरा नभएमा थपिँदै जाने प्रावधान अव्यवहारिक रहेको उनीहरूको भनाइ छ।
Shares

प्रतिक्रिया