समाज


बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाघको आक्रमणबाट एक जनाको मृत्यु

नेपालखबर
असार २७, २०८२ शुक्रबार १९:२७, चितवन

पूर्वी चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। खैरहनी नगरपालिका-१३ गवै का ६८ वर्षीय पदमबहादुर रानामगरको आज मृत्यु भएको हो।

मृतकसहित तीन जना स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्नका लागि आज बिहान गएकामध्ये मगर सम्पर्कमा नआएपछि खोजी गरिएको थियो। 

खोजी गर्ने क्रममा दिउँसो बाघको आक्रमणमा परी मृतावस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad