समाज


मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्रीलाई समस्या

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्रीलाई समस्या

नेपालखबर
असार २८, २०८२ शनिबार १२:४६, काठमाडौँ

पर्वतीय पर्यटक व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नेपाल-चीन जोड्ने मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री समस्यामा परेको बताएको छ।

टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले विज्ञप्ति जारी गरी गत मंगलबार बिहान लेहेन्दे खोलामा आएको बाढीका कारण पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्री समस्यामा परेको बताएका हुन्। 

टानले मितेरी पुल बगाउँदा रसुवागढीबाट सडक मार्ग हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको कैलाश मानसरोवर यात्रामा जाने नेपाली, विदेशी तीर्थयात्री तथा पर्यटक तिब्बत प्रवेश गर्नबाट बञ्चित हुनुपरेको उल्लेख गरेका छन्। 

टानले तत्काल चीन सरकासँग कूटनीतिक पहल गरी तातोपानी, कोरोला, हिल्सालगायतका नाकाबाट मानसरोवर जाने वातावरण मिलाउन आग्रह नेपाल सरकारसँग आग्रह पनि गरेको छ। 

टानका अध्यक्ष सागर पाण्डेले कैलाश मानसरोवर यात्रा गर्ने सिजनको मुखमै चीनको स्वशासित क्षेत्र तिब्बत प्रवेश गर्ने तीर्थयात्री तथा पर्यटकलाई सहज रूपमा भिसा उपलब्ध गराउनसमेत सरकासँग माग गरेका छन्। 

उनले नेपालस्थित चिनियाँ राजदूतावासँग कूटनीतिक पहल गरी भिसा प्रक्रिया छिटो, छरितो र यात्रुमैत्री बनाउन र काठमाडौँमा कुरेर बसेका तीर्थयात्रीलाई छिटोभन्दा छिटो कैलाश यात्रा गर्न पाउने वातावरण बनाउन परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेका छन्। 

टानले बाढीबाट मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै हराएकाको चाँडो खोजी गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad