समाज


महामारीविज्ञ भन्छन्ः चीन कोरोनाबाट अझै असुरक्षित छ

महामारीविज्ञ भन्छन्ः चीन कोरोनाबाट अझै असुरक्षित छ

नेपालखबर
चैत ३०, २०७६ आइतबार ९:४५,

चीनका प्रख्यात महामारीविज्ञ जोङ नानसन र जेङ ग्वाङले चीनमा कोरोना भाइरसको खतरा नटरेको बताएका हुन्।

अमेरिका र युरोपमा कोरोनाको प्रभाव बढ्दै जाँदा चीनमा कोरानाको प्रभाव घट्दो छ।

तर अमेरिका र युरोपको कोरोना रोकथामको प्रयास सफल नभइसक्दासम्म चीनमा कोरोनाको खतरा नटर्ने महामारीविज्ञहरु बताउँछन्।

‘युरोपले यतिबेला शारीरिक दुरीको उपायलाई गम्भीरताका साथ लिएको छ, यसले कोरोना संक्रमणको खतरालाई कम गर्छ।’ चीनको राष्ट्रिय स्वास्थ आयोगका महामारीविज्ञ जोङ नानसन भन्छन्,‘तर हामी अमेरिकी अवस्थादेखि चिन्तित छौं। त्यहाँ दैनिक २० हजार संक्रमित बनिरहेका छन्। अमेरिकामा कोरोनाको प्रभाव नघट्दासम्म विश्व शान्तिले बस्न सक्दैन।’

जोङले शुक्रबार भिडियो सम्मेलनका क्रममा कोरियाली चिकित्सकहरुलाई कोरोनाको प्रभावबारे जानकारी गराउँदै विश्वमा कोरोनाको प्रभाव कम नभइसक्दासम्म सबै देशमा कोरोनाको खतरा रहेको र सबै सचेत रहेर बस्नुपर्ने बताएका थिए।

चाइना न्युज सर्भिससँग कुरा गर्दै अर्का महामारीविज्ञ जेङ ग्वाङले पनि कोरोना भाइरसको खतरा कुदै देशमा नटरेको बताए।

जेङ ग्वाङ

‘मैले हालै अमेरिकी राष्ट्रपतिको भनाइ सुनेको थिए। उनले कोरोनाको प्रभाव समाप्त हुन लागेको बताएका थिए। मलाई लाग्छ उनी ज्यादै आशावादी भए।’ जेङले भने,‘मैले कोरोना महामारी चाँडै टरेर जाने देख्दिन। किनभने हामी यो नयाँ भाइरसबारे थोरैमात्र जान्दछौं।’

उनले कोरोनाविरुद्धको खोपको सफल परीक्षण नभइन्जेल कुनै देश कोरोनाबाट खतरामुक्त नभएको बताए।

उनले हाल देशको स्वास्थ्य सुविधा र क्षमता तथा कोरोनाविरुद्धको उपाय अबलम्ब कति मात्रामा गरिन्छ त्यसको आधारमा कोरोना नियन्त्रण हुने धारणा राखेका छन्।

अबको चरणमा कोरोना भाइरसबाट अफ्रिका, दक्षिण एसिया तथा ल्याटिन अमेरिकी मुलुकका विकासोन्मुख देशहरु प्रभावित हुनसक्ने उनीहरुको भनाइ छ। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .