खोटाङमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ।
बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको हो। गएराति मोबाइल फोन चार्जबाट छुटाउने क्रममा करेन्ट लागेर राई गम्भीर घाइते भएकी थिइन्।
उनलाई उपचारमा लैजाने तयारी गर्दागर्दै मृत्यु भएको फाक्टाङका वडाध्यक्ष सन्तोष आचार्यले जानकारी दिए।
घटनाका बारेमा जानकारी आउनासाथ जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। रासस
336
Shares

प्रतिक्रिया