समाज


काभ्रेस्थित सशस्त्रका गणपति प्रसाईँमाथि कारबाही

काभ्रेस्थित सशस्त्रका गणपति प्रसाईँमाथि कारबाही

नेपालखबर
असार ३१, २०८२ मंगलबार २०:३०, काठमाडौँ

सशस्त्र प्रहरी बलको नं १५ गण काभ्रेका प्रमुख एसपी प्रेम प्रसाईँमाथि विभागीय कारबाही गरिएको छ। सरुवा भएर जान लागेका एसपी प्रसाईलाई चितवनस्थित गढीमाई बाहिनीले सोमबार नसियत दिएको हो। 

विपद्को बेलामा अत्यावश्यकबाहेक जनशक्तिलाई बिदा नदिने संगठनको नीति निर्देशन रहेपनि प्रसाईँले बढी जनशक्ति बिदामा छाडेको, भएका जनशक्तिलाई राम्रोसँग परिचालन नगरेको र मातहत कर्मचारीलाई दुर्व्यबहार गरेको समेत आरोपमा विभागीय कारबाही गरिएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ। 

सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले पनि प्रसाईँलाई विभागीय कारबाही गरिएको पुष्टि गरे। 

प्रसाईँलाई झापाको पाथीभरा जवान तालिम शिक्षालय सरुवा गरिसकिएको छ। उक्त तालिम शिक्षालयको प्रमुख एसएसपी हुन्छन्।

केही दिनमै गणको बरबुजारथ गरेर जाने तयारीमा रहेका उनलाई चार दिन पहिले नै बाहिनीले तानेको हो। 

काभ्रेको गणपतिमा भने एसपी माधव रेग्मीलाई सरुवा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad